प्रचण्ड र ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

प्रचण्ड र ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ७ पुस। औपचारिक रुपमा विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ । ओली पक्षको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए पनि सुरु हुन सकेको छैन । प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ । प्रचण्ड पक्षका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले ओलीलाई कारबाही गर्ने निर्णय यसअघि नै स्थायी कमिटीको बैठकबाट भइसकेकाले त्यो निर्णयलाई आजको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताए । संसद विघटन गर्ने निर्णयलगत्तै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । ओनलाइन खबरबाट