राष्ट्रपति बाइडेनले लगाए कोरोना विरूद्धको खोप

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

राष्ट्रपति बाइडेनले लगाए कोरोना विरूद्धको खोप

काठमाडौं पुष ७ । अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।