संसद् विघटनबारे आज कांग्रेस केन्द्रीय समिति बैठक 

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

संसद् विघटनबारे आज कांग्रेस केन्द्रीय समिति बैठक 

काठमाडौँ पुष ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पहिलो एजेन्डा असंवैधानिक र अधिनाकवादी भन्दै आएको संसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्नु रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए । शर्माले भने, ‘आजको बैठक सरकारी कदम, प्रधानमन्त्रीले संसद् विघटन गरेपछिको परिस्थितिमाथिको छलफलकै लागि बोलाइएको हो । पार्टीको आसन्न महाधिवेशनका विषयमा पनि छलफल हुने छ । समाचार खबरहबबाट