नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ ६ पुष ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।  हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार ७९ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।