सर्वाधिक कमाउने एकल भारतीय सेलिब्रेटी, अक्षय कुमार फोर्ब्सको ५२ औं स्थानमा

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

सर्वाधिक कमाउने एकल भारतीय सेलिब्रेटी, अक्षय कुमार फोर्ब्सको ५२ औं स्थानमा

पुष ६ काठमाडौं । सर्वाधिक कमाउने एकल भारतीय सेलिब्रेटी, अक्षय कुमार फोर्ब्सको ५२ औं स्थानमा रहेका छन् । कोरोना कारणले धेरै फिल्महरु स्थगित रहे । बलिउडमा समेत धेरै फिल्मलाई कारोनाले नराम्रो प्रभाव परेको थियो तर बलिउड अभिनेता अक्षय कुमार भने सफल चलिचित्रका साथै राम्रो कमाइ गर्न सफर रहेका छन् । जसका कारण उनको नाम पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा पर्न सफल भएको छ । फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार एक मात्र भारतीय कलाकार हुन् । सूचीमा अक्षय कुमार ५२ औं स्थानमा छन् । फोर्ब्सको अनुसार सन् २०२० मा अक्षय कुमारले ४८।५ मिलियन डलर कमाएका छन् । अक्षयले जैकी चैन, जेनिफर लोपेजलाई समेत उछिनेका छन् । अघिल्लो बर्ष अक्षय यो सूचीमा ५१ औं स्थानमा थिए । फोर्ब्सको सूचीमा अमरीकी मोडल काईली जेनर पहिलो स्थानमा छिन् । त्यस्तै अमरीकी र्यापर कान्ये वेस्ट दोश्रो स्थानमा छन् भने टेनिस स्टार रोजर फेडरर तेश्रो स्थानमा छन् ।