टिकटोक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर युवकको मृत्यु

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

टिकटोक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर युवकको मृत्यु

दाङ पुष ६ । टिकटोक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर एक युवकको मृत्यु भएको छ । उपचारका क्रममा कोहपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबहादुर सिंहले जनाएका छन् । शनिबार बबई गाउँपालिका वडा नम्बर ५ हापुरे स्थित पुरन्धार छहरा नजिक बबई नदिमा टिकटोक बनाउन लाग्दा झोलुङ्ग पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको हो ।