संसदीय सुनुवाइ समितिको बैठक आज, प्रधानन्यायाधीशबारे होला निर्णय !

६ बर्ष अघि

२0७५ श्रावण १८ शुक्रबार

संसदीय सुनुवाइ समितिको बैठक आज, प्रधानन्यायाधीशबारे होला निर्णय !

दृष्टीकोण समाचार, साउन १८ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ ।प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने भन्ने विषयमा निर्णय लिन सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र विपक्षका सांसद विभाजित भएपछि अनुमोदनको विषय अन्यौलमा पर्दै आएको छ । कांग्रेस र राजपा जोशीका पक्षमा सकारात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपाले जोशीको शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गर्दै आएको छ ।जोशी उपर लागेका अभियोग छानविन गर्न उपसमिति बनाउने या नबनाउने भन्ने विषयमा पनि सांसदहरु एकमत हुन सकेका छैनन् । यसअघि पटक पटक सर्दै आएको समितिको बैठकलाई आज निर्णायक बनाउने समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।सहमतिमा निर्णय नभए प्रक्रियामा लैजाने तयारी गरे पनि प्रतिपक्ष दलका सांसदहरुले विरोध गरेपछि यो प्रकरण लम्बिँदै गएको छ ।