भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार नाघ्यो

काठमाडौँ पुष ६ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५६ हजार २ सय ४८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन्, भने संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ३० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ८ सय ४३  पुगेको छ ।