योजना तर्जुमा, अनुगमन प्रकृया तथा दिगो विकास सम्बन्धी तीन दिने तालिम संचालन 

३ बर्ष अघि

२0७७ पुष ५ आईतवार

योजना तर्जुमा, अनुगमन प्रकृया तथा दिगो विकास सम्बन्धी तीन दिने तालिम संचालन 

दृष्टिकोण समाचार पुष ५ दार्चुला । योजना तर्जुमा, अनुगमन प्रकृया तथा दिगो विकास सम्बन्धी दार्चुलाका नौ वटै स्थानीय तहका पदाधिकारीहरुका लागि ३ दिनको तालिमको आयोजना गरिएको छ । प्रादेशिक सुशासन केन्द्रबाट जारी गरेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममा स्थानीय तहहरुका पदाधिकारीका लागि योजना तर्जुमा, अनुगमन प्रकृया तथा दिगो विकास सम्बन्धमा तीन दिने कार्यक्रम संचालन भएको हो । ३ दिने तालिमको उद्धघाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले दार्चुला जिल्लाको विकास र समृद्धिका लागि प्रशिक्षण कार्यक्रमले ठुलो सहयोग मिल्ने बताउनु भयो । दार्चुला जिल्लाका  उप प्रमुख, उपाध्यक्षहरु र प्रशाकिय प्रमुखहरुलाई स्थानीय तहहरुमा योजना तर्जुमा, स्थानीय सञ्चालन एन, अनुगमन प्रकृया लगायतका बारेमा जनकारी गराउने उदेश्यले ३ दिने तालिमको आयोजना गरिएको प्रादेशिक शुसासन केन्द्रका कार्यकारी प्रमुख पदम राज जोशीले बताउनु भयो । मुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय प्रादेशिक केन्द्र डोटिको आयोजनामा  गरिएको जनप्रर्तिनिधि तथा कार्मचारीहरुको तालिममा जिल्लाका ९ वटै जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा न्ययिक सम्पादन, अनुगमन, योजना तर्जुमा लगायत नेपालको सम्बिधान २०७२को कार्यान्वय गराउने तालिमको आयोजना गरिएको छ । तालिम पुष ५ गतेबाट ७ गते सम्म सञ्चालन हुने भएको छ ।