स्पेनिस ला लिगा भ्यालेन्सियासँगको खेलमा बार्सिलोना बराबरीमा रोकियो, 

३ बर्ष अघि

२0७७ पुष ५ आईतवार

स्पेनिस ला लिगा भ्यालेन्सियासँगको खेलमा बार्सिलोना बराबरीमा रोकियो, 

काठमाण्डौ पुस ५ । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले भने पेलेको नाममा रहेको एकै क्लबबाट सबैभन्दा धेरै ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका छन् ।३३ वर्षीय मेस्सीले पहिलो हाफको अन्तिममा डाइभिङ हेडरको साथमा यो कीर्तिमान राखेका हुन् । उनले प्रहार गरेको पेनाल्टी भ्यालेन्सियाका गोलरक्षक जाउमी डोमेनेचले बचाएपछि फर्किएको बललाई गोलमा परिणत गरेका छन्।मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा अल्बाकेटेका लागि गरेका थिए । पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलको सान्तोसमा रहेर १९ सिजनमाद ६ सय ४३ गोल गरेका थिए । मेस्सीले १५ सिजनमै यो सफलता हासिल गरेका छन् ।तर, बार्सिलोना​ अंक तालिकाको मध्यतिर रहेको टोलीसँग बराबरीमा रोकिन पुगेको छ । बार्सिलोना अझै पनि शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछाडि रहेको छ । गएराति भएको खेलमा एल्चेलाई ३–१ गोलअन्तरले पराजित गरी एट्लेटिकोले २९ अंक बनाएको छ ।