आउँदो वैशाख २३ गते चुनाव गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

३ बर्ष अघि

२0७७ पुष ५ आईतवार

आउँदो वैशाख २३ गते चुनाव गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाण्डौ पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको २३ गते आम चुनाव गर्न प्रस्ताव गर्नुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर २०७८ सालको वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।‘संसद विघटन गर्नु भनेकै अर्को चुनावको लागि हो, संसद विघटनको प्रस्ताव आउँदा चुनावको मिति पनि प्रस्ताव हुनु स्वभाविक हो’, स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइसक्नुभएको छ ।