भारतमा  कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ पुष ५ आईतवार

भारतमा  कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघ्यो

काठमाडौँ पुष ५ ।  भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २६ हजार ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६ सय ५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६ सय ८१ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५ सय १३  पुगेको छ ।