कोरोना भाइरसको भ्याक्सिन भोलि कतार आइपुग्ने

३ बर्ष अघि

२0७७ पुष ५ आईतवार

कोरोना भाइरसको भ्याक्सिन भोलि कतार आइपुग्ने

दोहा पुष ५ । फाइजर र बायोनेटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप भोलि अर्थात सोमबार कतार आइपुग्ने भएको छ । कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले ट्वीट गर्दै खोप डिसेम्बर २१ मा कतारमा पुग्ने र स्वास्थ्य प्रोटोकल अनुसार सबैलाई प्रदान गरिने बताएका छन् । कतारका राजा अमीरको निर्देशन अनुसार कोभिड–१९ पहिलो भ्याक्सिन कतार आइपुग्ने लागेको हो ।  कतारबाट प्रकाशित पेनिन्सुला पत्रिकाका अनुसार यसअघि एक साक्षात्कारमा स्वास्थ्य मन्त्रीका सल्लाहकार डा। अब्दुल(वहाब अल मुस्लेहले बुढाबुढी र दीर्घकालीन रोग लागेका तथा अग्रगामी श्रमिकहरूलाई प्राथमिकता दिइने बताएका थिए। केही महिनापछि यो खोप सबैलाई उपलब्ध गराइनेछ । कतारले आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन निस्शुल्क दिने घोषणा गरिसकेको छ । कतारमा कोरोना सङ्क्रमितको सङ्ख्य अहिलेसम्म १ लाख ४१ हजार ८ सय ५८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ३९ हजार ५ सय २१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २ सय ४३ रहेको छ । अन्य मुलुकहरुको तुलनामा कतारमा मृत्युदर कम छ ।