प्रधानमन्त्री प्रतिनिधिसभा विघटनको सिफारिस लिएर शितल निवासमा

३ बर्ष अघि

२0७७ पुष ५ आईतवार

प्रधानमन्त्री प्रतिनिधिसभा विघटनको सिफारिस लिएर शितल निवासमा

काठमाडौँ ५ पुुष । मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रतिनिधिसभा  विघटनको निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति शितल निवास पुगेका छन् । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव पठाउने निर्णय गरेपछि उनी त्यसलाई सदर गराउन राष्ट्रपति निवास शितल निवास पुगेका हुन् । राष्ट्रपतिले विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ । राष्ट्रपतिले मन्त्रिपरिषदको सो निर्णय अनुमोदन गरे नेकपाकै ओलीइतरको समूहले तत्कालै सर्वोच्च अदालतमा रिट हाल्ने तयारी समेत गरेको छ ।