अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघ्यो

३ बर्ष अघि

२0७७ पुष ४ शनिबार

अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघ्यो

काठमाडौँ पौष ४ । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७९४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २० हजार ८४५ पुगेको छ । यस्तै त्यहाँ १ करोड ७८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५४ हजार ६८० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार ९२७ मंसिरमा० एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ७८ लाख ८८ हजार ३५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ९४ हजार २८६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७१ लाख ७३ हजार २२२ जनामध्ये २८ हजार ११ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।