विश्वभर ५ करोड ३२ लाख संक्रमितले जिते कोरोना

३ बर्ष अघि

२0७७ पुष ४ शनिबार

विश्वभर ५ करोड ३२ लाख संक्रमितले जिते कोरोना

काठमाडौँ पौष ४ । विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड(१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजारभन्दा बढी  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ३२ लाख नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ५९ लाख नाघेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख ८० हजार नाघेको छ । बितेको २४ घण्टामा १२ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै १६ लाख ८० हजार १९९ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । हाल विश्वमा २ करोड १ लाख ५२ हजार ९१२ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ९२२ जना गम्भीर बिरामी छन्। सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७८ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख २० हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।