२४ घण्टामा ७ सय ८२ जनामा कोरोना संक्रमि पुष्टि, १६ को मृत्यु

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

२४ घण्टामा ७ सय ८२ जनामा कोरोना संक्रमि पुष्टि, १६ को मृत्यु

काठमाडौं पुष ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ४७ पुगेको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार२९ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ ।