गोकुलेश्वरमा वाईड नेपाल व्याडमिन्टन कप २०७७ सुरू

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

गोकुलेश्वरमा वाईड नेपाल व्याडमिन्टन कप २०७७ सुरू

दार्चुला पुष ३ ।  गोकुलेश्वरमा वाईड नेपाल व्याडमिन्टन कप २०७७ सुरू भएको छ । वाइड नेपालको आयोजनामा शुक्रबारदेखि व्याडमिन्टन कप २०७७ सुरू भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले खेल स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताउनु भयो । व्याडमिन्टन उमेर ढल्किदै जादा शारीरिक व्यायमको लागि झनै महत्वपुर्ण छ, व्यडमिन्टको लागि खेलाडि पनि कम चाहिने खेल मैदान पनि कम चाहिने भएकाले जहाँ पनि खेल्न सकिन्छ’ उहाँले भन्नुभयो, उहाले आगामी दिनमा नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालको समेत उपस्थिती रहेको थियो । विजेतालाई रू ४० हजार नगद, ट्रफि र प्रमाणपत्र, उपविजेतालाई रू २४ हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । खेलमा २६ टिमको सहभागिता रहेको छ । उद्घाटन सत्रको अध्यक्षता वाईड नेपालका अध्यक्ष विस्ना धामीले गर्नुभएको थियो । अध्यक्ष धामीले आगामि दिनहरूमा आयोजना हुने व्याडमिन्टनमा व्यवस्थित कोर्टहरूको व्यवस्थापन गर्ने बताउनुभयो । वाईड नेपाल २०६० साल देखि महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।