मार्मा गाउँपालिकामा ४ वटा विद्यालयहरु आज देखि बन्द

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

मार्मा गाउँपालिकामा ४ वटा विद्यालयहरु आज देखि बन्द

दृष्टिकोण समाचार पौष ३ दार्चुला ।  दार्चुला जिल्लाकोमार्मा गाउँपालिकाका ४ वटा विद्यालयहरु   आज देखि बन्द हुने भएका छन । जिल्लाको अपि हिमाल गाउँपालिका वाड नम्बर ५ अन्तरर्गत पर्ने मकरीगाड हाइड्रोपावरमा कार्यरथ एक जना कर्मचारीमा कोरोना सक्रमण देखिएकाले  विद्यालयहरु पुनः बन्द गरिन लागिएका हु्न । मार्मा गाउँपालिकाको वाड नम्बर ३ अन्तरर्गत पर्ने लटिनाथ मावि रस्कोट,वडा नम्बर ४ अन्तरर्गत पर्ने तपोवन मावि पडपडा सिद्धिनाथ आधारभुत विद्यालय बसकोट तथा हटीनाथ आधारभुत विद्यालय मर्मति विद्यालयहरु आज देखि १ हप्ता सम्मका लागि विद्यालय बन्द हुने भएका हुन । मार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीका अनुसार गत मंसिर ३० गते मकरीगाड हाइड्रोपावरमा कार्यरथ एक जना ३० वर्षिय कर्मचारीमा कोरोना देखिनु भन्दा पहिले मार्मा गाउँपालिकाका विभिन्न घरमा गइ विद्युतको मिटर जडान गर्ने, तारहरु तान्ने काम गरेकाले उनमा कोरोना सक्रमण पुष्टि भएपछि  उतm घरका बालबालिका तथा अभिभावकहरुमा पनि कोरोना सक्रमण हुने र विद्यँलयहरुमा कोरोना सक्रमण थप फैलिने सम्भावना रहकाले आज देखि पुस ९ गते सम्मका लागि चार वटा विद्यालयहरु बन्द गरिएको शिक्षा शाखा प्रमुख जोशीले जानकारी दिनु भएको छ  । मार्मा गाउँपालिकाकामा गत आसोज देखि विद्यालयहरु सञ्चालनमा आएका थिए । तत्कालका लागि जिल्लाको मार्मा गाउँपालिका कोरोना सक्रमण सुन्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।