सुनको मूल्य प्रतितोलामा ८ सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

सुनको मूल्य प्रतितोलामा ८ सय रुपैँयाले बढ्यो

काठमाडौं पुष ३ । शुक्रबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैँयाले बढेको छ । आज सुनको मूल्य ८ सय रुपैँयाले बढेर प्रतितोलाको ९४ हजार ३ सय  रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ । हिजो सुनको मूल्य ९३ हजार ५ सय थियो ।  यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ  कायम भएको छ ।