नेकपालाई कमजोर बनाउन देशी–विदेशी पूँजीवादीको षड्यन्त्र : प्रचण्ड

६ बर्ष अघि

२0७५ श्रावण १७ बिहीबार

नेकपालाई कमजोर बनाउन देशी–विदेशी पूँजीवादीको षड्यन्त्र : प्रचण्ड

दृष्टीकोण समाचार, साउन १७   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी पूँजीवादीहरुले षड्यन्त्र गरिरहेको दावी गर्नु भएको छ ।अध्यक्ष दाहालले पार्टीविरुद्ध भैरहेको षड्यन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । तुलसीलाल स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढन सरकारलाई पनि सुझाव दिनुभयो ।अध्यक्ष दाहालले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी पनि गर्नुभयो ।