भारतमा थप २६ हजार जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

भारतमा थप २६ हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ३ पुष । भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख ७७ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६  सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ७७ हजार ७ सय ६० पुगेको छ  संक्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ८ सय २९  पुगेको छ ।