चमेलिया नदि किनारमा शव फेला 

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

चमेलिया नदि किनारमा शव फेला 

पृथ्वीराज सुनाम पुष ३ दार्चुला । चमेलिया नदि किनारमा बिहान एक महिलाको शव फेला परेको छ  । दार्चुला र बैतडीको सीमा नदी चमेलिया किनारमा  बिहिबार बिहान एक महिलाको शव फेला परेको हो । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृत अवस्थामा फेला परेको  बैतडी प्रहरीले जनाएको छ । नदी किनारमा मृत अवस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन सकेको छैन । आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेपछि शवको पहिचान  गर्ने काम सुरु भएको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ खटिएका छन् ।