विश्वभर कोरोना संक्रमित हुनेको संख्या ७ करोड ५० लाख नाघ्यो

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ७ करोड ५० लाख नाघ्यो

काठमाडौ पौष । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ करोड ५० लाख नाघेको छ । वल्र्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा विश्वभर थप ६ लाख ८२ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ५२ लाख ७४ हजार ६ सय ८७ पुगेको छ ।  यस्तै गत २४ घण्टामा विश्वभर थप १२ हजार ३ सय ७७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ६८ हजार १ सय ७४ पुगेको छ । यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड २८ लाख ४८ हजार ९० जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ६५ लाख १ हजार २ सय १८ रहेको छ । कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घन्टामा थप २ लाख ३० हजार ९ सय ८२ जनामा कोरोना पुष्टि भएको छ जबकी ३ हजार २ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या एक करोड ७६ लाख २६ हजार ७ सय ७० पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख १७ हजार ९ सय २८ पुगेको छ । अमेरिकामा पछिल्लो समय कोरोनाका कारण संक्रमित हुनेको संख्या दैनिक २ लाख नाघेको छ । संक्रमण दर बढ्दै गएपछि अमेरिकामा फाइजरले बनाएको कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोग पनि सुरु भइसकेको छ ।