बैतडीमा महिला मृत फेला

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

बैतडीमा महिला मृत फेला

बैतडी पौष ३ । बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडी स्थित चमेलिया नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । नदी किनारमा मृत अवस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको भने पहिचान हुन सकेको छैनन् ।बिहीवार बिहान ८ बजेतिर स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोे छ ।