भारतमा थप २६ हजार जनामा कोरोना भाइरसको संक्रमण

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

भारतमा थप २६ हजार जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ पौष ३ । भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख ७७ लाख नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ७७ हजार ७६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ८२९  पुगेको हो ।