अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघ्यो

काठमाडौँ पौष ३ । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २७७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख १७ हजार ९२८ पुगेको छ । यस्तै त्यहाँ १ करोड ७६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ९८२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार ९२७ मंसिरमा० एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ७६ लाख २६ हजार ७७० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ९१ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७० लाख १७ हजार ७८५ जनामध्ये २८ हजार २०६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।