बैतडी  दोगडाकेदारको कोसेडा मडालेक खानेपानी योजना सम्पन्न, ५ सय बढी नागरिकलाई राहत

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

बैतडी  दोगडाकेदारको कोसेडा मडालेक खानेपानी योजना सम्पन्न, ५ सय बढी नागरिकलाई राहत

जनक साउद–पौष ०२ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडमा कोसेडा मडालेक खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको छ । संघिय सरकार, दोगडाकेदार गाउँपालिका र ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजनाको संयुक्त लगानीमा योजना सम्पन्न भएको हो । संघिय सरकारको ४ लाख ४९ हजार ७ सय ३७ रुपैया, दोगडाकेदार गाउँपालिकाको १४ लाख ४४ हजार १ सय ८५ रुपैया र ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजनाको २३ लाख ६१ हजार १ सय २१ गरी जम्मा ४२ लाख ५३ हजार ४३ रुपैयाको लगानीमा उक्त योजना सम्पन्न भएको बताईएको छ ।  एक घर एक धारा कार्यक्रम अन्र्तगत कोसेडा मुहानबाट मडालेकसम्म १ हजार ५ सय ८० मिटरको दुरीका बिच बिभिन्न ठाउँहरुमा ५ ओटा ट्यांकीहरु निर्माण गरी धाराहरु बितरण गरिएको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष एंबम गाउँपालिका प्रबक्ता लक्ष्मी प्रसाद जोशीले जानकारी दिनुभएको छ । कोसेडा मुहानमा ३ हजार लिटरको, मडालेकमा ९ हजार लिटरको, सल्लयाडीमा ५ हजार लिटरको, उकालामा ३ हजार लिटरको र डल्लेक खोलामा ३ हजार लिटरको ट्यांकी निर्माण गरिएको उहाँले बताउनुभयो । योजना अन्र्तगत ४४ घरधुरीका लागी ४४ ओटा धाराहरु निर्माण गरिएका छन । बि.स २०४२ सालमा निर्माण भएको खानेपानी योजना जिर्ण भए पछि नागरिकहरुले खानेपानीको समस्या भोग्दै आएका थिए । कोसेडा मडालेक खानेपानी तथा सरसफाई योजना सम्पन्न भए पछि खानेपानीको अभाब झेल्दै आएका उक्त ठाउँका ५०० सय बढी नागरिकहरु लाभान्बित भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । निर्माणको काम सम्पन्न भएर धाराहरु बितरण गरिए पछि बुधबार उक्त योजनाको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले उद्धघाटन गर्नुभएको छ ।