नेपालमा थप ७ सय ७६ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

 नेपालमा थप ७ सय ७६ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

काठमाडौ पौष २ ।  नेपालमा थप ७ सय ७६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४४४ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित छन्। आज ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।