दार्चुलाका सफल युवा उद्यमी राजेश

६ बर्ष अघि

२0७५ श्रावण १७ बिहीबार

दार्चुलाका सफल  युवा उद्यमी राजेश

ललित सामन्त साउन १७ दार्चुला । दार्चुला जिल्लामा डेढ दशक देखि सिलाईको क्षेत्रमा एक क्षत्र राज गरिरहेका राजेश नेपाली जिल्लाका युवा उद्यमी हुन् । २०५९ सालबाट २० वर्षको उमेरमै सिलाई पेशा अंगालेका राजेशले घरमै बसेर सफलता पाएका छन् । पैशा कमाउनको लागि अहिलेको युवा जमात खाडी मुलुक धाइरहेको छ । तर आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने कुराको प्रमाणित गरेका छन् राजेशले । 
व्यतिmगत ४० हजार र लघुउद्यम बाट १० हजार रुपैँया लगानी गरेर महाकाली नगरपालीका ४ खलंगा बजारमा सिलाई सेन्टर स्थापना गरेका थिए । राजेशको यो पेशा पुख्र्यौली पेशा पनि हो । तर पेशालाई आधुनिकतामा परिणत गरेर उनले मनग्य आम्दानी गरिरहेका छन् । राष्ट्रिय सीप परीक्षण केन्द्र सिटिइभिटीबाट टु लेभलको सीप सिकेर अहिले सिलाई क्षेत्रबाटै जिवन धान्दै धेरैलाइ रोजगारी समेत दिएका छन् । 
सुरुदेखि नै महिला पुरुषका लागि कपडा सिउने राजेश सिलाई सेन्टरमा अहिले कपडा सिलाउनेको भिड लाग्ने गरेको छ । अहिले उनको पशलमा ६÷७ जनाले काम पाएका छन् । 
‘खाने मुखलाई जुगाँले छेक्दैन् भने झै’ राजेश मिहिनेती र परिश्रमी भएकाले समेत उनले गरेको कामको ग्राहकहरुले पनि मन पराए पछि उनी अहिले जिल्लामै काम र नाम कमाउन सफल भएका हुन् । हाल उनका बुवा उनका आमा श्रीमती र आफनो भाई समेत पशलमा काम गर्ने गर्दछन् । 
उनले आफनो ब्यक्तिगत लगानीमा आफनो भाईलाइ सिलाई सिकाउन जिल्ला बाहिर पठाएका थिए । हाल उनको भाईले नै नयाँ नयाँ डिजाइनका कपडाहरु सीउने गरेका छन् । 
राजेशले सिलाई बाटै मासिक ६० हजार रुपैँया सम्म कमाउने र घरपरिवारको खर्च राम्रोसंग चलाएका छन् । 
राजेश सिलाई सेन्टरमा जिल्ला भित्र तथा जिल्ला बाहिर र भारतको धारचुला र पिथौरागढ बाट पनि कपडा सिलाउन मान्छेहरु आउने गरेका छन् । राजेश सिलाई सेन्टर बाटै काम सिकेर ३ जनाले जिल्लामै आफनै सिलाई व्यवसाय सन्चालन गरेका छन् । 
हाल राजेश सिलाई सेन्टरमा विभिन्न डिजाईनका कोट पैन्ट, लेडिज सुट र जेन्स कपडा समेत सिलाइन्छन् । समयको परिर्वतनसँगै उनले नयाँ नयाँ डिजाइनका कपडाहरु यु ट्युब लगायत सोसल मिडिया बाट सिकेर व्यवहारमा लागु गर्ने गरेको राजेशले बताए । जुनसुकै पेशामा पनि निरन्तरता र मिहनेत गरेपछि सफलता मिल्ने र सफल उद्यमी बन्न सकिने उनको सन्देश छ । साथै सरकारले उनी जस्ता उद्यमीहरुलाई प्रोत्साहन र प्रविधिमा सहयोग गर्ने हो भने रोजगारी सिर्जन गर्नुका साथै आर्थिक समृद्धि हुने राजेशको तर्क छ ।