दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु 

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

 दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु 

काठमाडौं पुस २ । आजबाट चैत २०७६ यता पहिलो पटक भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ ।ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभएको छ । ‘दिल्ली जाँदा र आउँदा दुबै उडानमा राम्रो अक्कुपेन्सी छ,’ उनले भनिन्, ‘यात्रु संख्या भने विमानस्थलबाट आइसकेको छैन ।’नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।नेपाल सरकारले समेत सोही स्कीम स्वीकार गरेपछि भारतसँगको उडान खुलेको हो । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको रहेको  छ । यस रुटमा १० चैत यता नियमित उडान हुन सकेको छैन । सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन् ।नेपाल र भारतबीच दैनिक एक एक वायुसेवाबाट उडान गर्ने सहमति बनेको छ ।