विराटनगरका सबै विद्यालय सञ्चालन

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

विराटनगरका सबै विद्यालय सञ्चालन

मोरङ २ पुष । मोरङको विराटनगरका सबै विद्यालय आजबाट सञ्चालन भएका छन् । कोरोना भाइरसको महामारीले चैतदेखि बन्द विद्यालय आजबाट स्वास्थ्य साबधानीका उपाय अपनाएर खुला गरिएको हो । महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो । विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने छ । कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन् । पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको  महानगरका मेयर भीम पराजुलीले बताए । २०७७ कात्तिक २० गते मन्त्रिपरिषद्बाट पारित कोभिड –१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । समाचार खबरहबबाट