अबको पाँच वर्षभित्र श्रेष्ठले ‘मिस वर्ल्ड’ को ताज जित्ने 

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

अबको पाँच वर्षभित्र श्रेष्ठले ‘मिस वर्ल्ड’ को ताज जित्ने 

काठमाडौं पुष २ ।  ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले अबको ५ वर्ष भित्र नेपालले मिस वल्र्डको ताज जित्ने बताउनु भएको छ ।यसअघिका मिस नेपाल वर्ल्डहरुले एउटा आधार निर्माण गरिदिएकाले अबको पाँच वर्षमा नेपालले मिस वल्र्डको ताज जित्न सक्ने उहाँले बताउनु भएको छ । श्रेष्ठले आफूले पनि ताज जित्नका लागि सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ । स्रोत साधनमा कमी भएका कारण मिस वल्र्डमा नेपालले भनेजस्तो प्रतिनिधित्व गर्न नसकेको उहाँको दावी छ ।अबका दिनमा सरकारी स्तरबाटै सहयोग पाएर मिस वल्र्डमा प्रतिनिधित्व गर्न सके अझै राम्रो गर्न सकिने उहाँको भनाइ छ ।