बार्सिलोनाले रियाल सोसिडाडलाई २–१ ले हरायो 

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

बार्सिलोनाले रियाल सोसिडाडलाई २–१ ले हरायो 

काठमाडौं  पुष २ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल सोसिडाडलाई २–१ ले हराएको छ ।गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन योर्डी अल्बा र फ्रेङ्की डे योङले एक एक गोल गरेका छन्  । पराजित टोली सोसीडाडका विलियन होजेले पहिलो गोल गरेका थिए । यो हारसँगै सोसिडाड ला लिगाको अंक तालिकाको शिर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ ।ला लिगामा सोसिडाडसँगै एथ्लेटिको मड्रिड र रियाल मड्रिडको पनि समान २६ अंक रहेको  छ ।तर गोल अन्तरको आधारमा एथ्लेटिको शिर्ष स्थानमा रहँदा सोसिडाड दोस्रो तथा रियाल मड्रिड तेस्रो स्थानमा  पुगेको छ । १२ खेलबाट २० अंक जोडेको बार्सिलोना भने पाँचौ स्थानमा उक्लिएको छ ।