कोरोनाको कारण एकैदिन १३ हजारभन्दा बढीको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

कोरोनाको कारण एकैदिन १३ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ पुष २ । कोरोना भाइरसको कारण एकैदिन १३ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा  १३ हजार १ सय ५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २ सय १८ मुलुकमा फैलिएको छ । हालसम्म १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै इटालीमा ६६ हजार ५ सय ३७ संक्रमितको मृत्यु भएको छ । यस्तै बेलायतमा ६५ हजार ५ सय २० संक्रमितको मृत्यु भएको छ ।संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख ६१ हजार ३४१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३ लाख १४ हजार ३४७ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो । यस्तै मेक्सिकोमा १ लाख १५ हजार ९९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ । यस्तै एसियाली मुलुकमा ३ लाख १६ हजार ७१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४४ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ । यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ४३ हजार ९३२ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ८३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशमा संक्रमणले मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३४६ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २३ हजार ८ सय २७ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार ४१ संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ५०९ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख १३ हजार ८ सय ७२ पुगेको छ । यसमध्ये १ लाख ७ हजार २३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ७ करोड ४४ लाख ८२ हजार ४ सय १६ पुगेको छ । त्यसमध्ये ५ करोड २३ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । समाचार खबरहब बाट