कञ्चनपुरमा लागु औषध सहित एक युवक पक्राउ

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

कञ्चनपुरमा लागु औषध सहित एक युवक पक्राउ

महेन्द्रनगर पैष २ । कञ्चनपुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल नं। ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट आँपतालबाट सशस्त्र प्रहरी नायव निरिक्षक गंगा दत्त बोगटीको कमाण्डमा खटिएको सीमा गस्ती टोलीले पुर्नवास नगरपालिका–४ बस्ने वर्ष २३ का सरोज जंग शाहलाई पक्राउ गरेको हो । उनलाई पुनर्वास नगरपालिका –४ घ गाँउ सीमा ईलाकामा गस्ती गर्ने क्रममा शाहले चलाई रहेको से ६ प ६६० नं को मोटरसाईकल शंका लागि चेकजाँच गर्ने क्रममा उनकोे साथबाट लागु औषध नाईट्राभेट ३६ ट्याब्लेट र नगद १५ हजार ७ सय १० रुपँैया बरामद गरीएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिएका छन् । पुनरवास ईलाका प्रहरी कार्यालयमा उनलाई आवश्यक कानुनी कारवाहीको लागि सम्बन्धी कार्यालयमा बुझाएको छ ।