लेकम गाउँपालिकामा मृत शव फेला 

३ बर्ष अघि

२0७७ पुष १ बुधबार

लेकम गाउँपालिकामा मृत शव फेला 

दार्चुला पुष १ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ जयपुर मन्दीर नजीकै  मृत शव फेला परेको छ । लेकम गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ३९ बर्षीय भुत पुर्व नेपाली सैनीक जगदिश बोहराको शव फेला परेको  हो ।   मृतक बोहरा आईतबार पेन्सन बुझ्नको लागी सदरमुकाम खलंगा गएको र घर नर्फके पछि खोजी गर्दा आफन्तले आज शव फेला पारेको इलाका प्रहरी चौकी रिठाचौपाताका प्रहरी इन्चार्न सई लोकेन्द्र पुजाराले जानकारी दिनुभयो । अहिले इलाका प्रहरी चौकी रिठाचौपाताबाट प्रहरीको टोली घट्ना स्थलमा पुगेको छ । घट्नाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।