सुदूरपश्चिम पीएम कप छनौटमा आज दार्चुला र बैतडी खेल्दै

३ बर्ष अघि

२0७७ पुष १ बुधबार

 सुदूरपश्चिम पीएम कप छनौटमा आज दार्चुला र बैतडी खेल्दै

दार्चुला पुष १ ।  सुदूरपश्चिम पीएम कप छनौटमा आज दार्चुला र बैतडी खेल्दै छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्र्तगत आज पनि २ खेल हुदै छन् । कभर्डहल मैदानमा दार्चुला र बैतडी भिड्दा, खुलामञ्च मैदानमा अर्को खेलमा बझाङ र कैलालीबिच प्रतिस्प्रर्धा हुने छ । यसअघि हिजोको खेलमा कैलालीसंग दार्चुला ११७ रनले पराजित भएको थियो, भने बैतडीले बझाङलाई ७ विकेटले हराउदै राम्रो सुरुवात गरेको थियो । मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताउनुभयो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता पुस ११ गतेबाट हुदैंछ ।