मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, 

३ बर्ष अघि

२0७७ पुष १ बुधबार

मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, 

हेटौँडा पुष १ । नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।  गए राति १०ः३० बजेको समयमा सडकमै रोकिराखेको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक रहेका छन् ।