विश्वमा १२ हजार ५ सय ३१  कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १ बुधबार

विश्वमा १२ हजार ५ सय ३१  कोरोना संक्रमितको मृत्यु

काठमाडौँ पुष १ । विश्वमा एकैदिन १२ हजार ५ सय ३१ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८० हजार ९ सय ९२ संक्रमित थपिएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ । संक्रमित १६ लाख ४० हजार ५ सय २६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २ करोड ३ लाख ५७ हजार १८ जनामा सक्रिय संक्रमण छ भने ५ करोड १७ लाख ८६ हजार ९ सय ३० जनाले कोरोनालाई जितेका छन् । संस्थागत तथा होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये १ लाख १७ हजार १७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८ सय ८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् ।