कक्षा १२ को नतिजा प्रकाशित

६ बर्ष अघि

२0७५ श्रावण १७ बिहीबार

कक्षा १२ को नतिजा प्रकाशित

दृष्टीकाेण समाचार, साउन १७ दार्चुला ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षराङ्कन पद्धति) अनुसार नतिजा सार्वजनिक गरेको हो ।
गत बैशाख १४ देखि २७ गते सम्म संचालित परीक्षामा कुल ४ लाख १७ हजार ८९ जना परीक्षार्थी सम्मिलित थिए । नियमिततर्फ भने २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । जसमध्ये ३.६१ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार १ सय ६९ जना रहेको छ । सबैभन्दा बढी मध्यम स्तरको जीपीए २.१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ रहेको छ ।

सबैभन्दा थोरै १ सय ९९ जना विद्यार्थीले ०.०० देखि ०.८० जीपीए ल्याएका छन् । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ११ हजार २ सय २१ जना रहेको बोर्डले जनाएको छ । २.८१ देखि ३.२० जीपीए २७ हजार ६ सय ४३ जना विद्यार्थीले ल्याएका छन् । ५८ हजार ३ सय ४५ जना विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका हुन् । १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थीको संख्या २२ हजार ७ सय ३४ जना रहेको छ । ०.८१ देखि १.२० जीपीए ४ हजार ४ सय ८७ जनाले प्राप्त गरेका छन् । ९ वटा जीपीए रेन्जमा नतिजा प्रकाशन गरिएको हो । कुल परीक्षार्थी मध्ये १७ हजार ४० जना विभिन्न कारणले परीक्षामा अनुपस्थित देखिएकाले कुल जीपीएमा नजिता प्रकाशन भएको छैन । आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो । यो वर्ष पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको बार्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् उक्त परीक्षा भाद्र १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ । जसका लागि बिषय अनुसार बोर्डमा आवेदन दिनुपर्नेछ । प्रत्येक विषयका सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा सी, सी प्लस, बी, बी प्लस, ए र ए प्लस ग्रेड प्राप्त गर्ने परीक्षार्थीले नतिजा सार्वजनिक भएको २१ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र पाउनेछन् । डी प्लस प्राप्त गरेका विद्यार्थीले भने ग्रेडवृद्धि परीक्षामा सहभागी नहुने अवस्थामामात्र प्रमाणपत्र पाउने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । पुर्नयोगका लागि भदौ १ गते भित्र निवेदन दिनुपर्नेछ ।

नतिजा results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ। यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ।