मार्माको ताकुमा मावि तह पढाई उद्घाटन 

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

मार्माको ताकुमा मावि तह पढाई उद्घाटन 

दृष्टिकोण समाचार मंसिर ३० दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ ताकुमा मा वि तह पढाई उद्घाटन गरिएको छ । सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला वडाल जोशीले मंगलबार मावि तहका कक्षाहरु सञ्चालन गर्ने गरि माविको उद्घाटन गर्नु भएको हो । मार्मा गाउँपालिकाको वडा नं. १ ताकुमा पर्ने दुर्गेश्वरी माविमा यो आर्थिकबर्षबाट मावि तहका कक्षाहरु सञ्चालन गरि पढाईमा सहजता हुने भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले दुर दराजमा रहेका विद्यार्थिहरुलाई गाँउमा नै शिक्षा दिन विद्यालयले पठनपान सुरुवात गरेको र तिनवटै सरकारले सहयोग गर्ने कुरापनि बताउनु भयो ।  उद्घाटन कार्याक्रममा जिल्ला समन्वय समिति उप प्रमुख कृष्णसिह धामी मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी उपाध्यक्ष गौरी ठगुन्ना लगायतको सहभागिता रहेको थियो ।