राजसंस्था पुर्नस्थापनाको माग गर्दै दार्चुला सदरमुकाममा राप्रपाको शक्ति  प्रदर्शन 

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

राजसंस्था पुर्नस्थापनाको माग गर्दै दार्चुला सदरमुकाममा राप्रपाको शक्ति  प्रदर्शन 

दृष्टिकोण समाचार मंसिर ३० दार्चुला ।  राष्ट्र र राज संस्था पुर्नस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दार्चुला सदरमुकाम खलंगामा शक्ति प्रर्दशन गरेको छ । राप्रपाले पुर्वराजा ज्ञानेन्द्रको फोटो सहितको ब्यानर र पर्चा पम्पलेटहरु बजार क्षेत्रमा प्रदर्शन गरेको हो । सदरमुकाम स्थित बंगाबगड बजार बिच बजारमा प्रदर्शन गरी बसपार्क क्षेत्रमा कोण सभाको आयोजना गरिएको थियो ।  उक्त सभालाई सम्बोधन गर्दै राप्रपा जिल्ला अध्यक्ष बिरसिंह बडालले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षामा प्रदर्शन गरिएको बताउनुभयो ।  पार्टीका कार्यकर्ता तथा नेताहरुले हिन्दुराष्ट्र कायम गर, राजसंस्था पुनःस्थापना गर लगायतका नाराहरु लगाएका थिए ।गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिती बढाएको, सघियता नेपालको लागि सुहाउदो नभएको प्रदर्शनकारीको भनाई रहेको थियो । प्रदर्शनमा सहभागीहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए । देशमा भइरहेको लुटतन्त्र लगायतका अन्य अनैतिक क्रियाकलापको कारणले गर्दा देशमा आतकं मच्चिरहेको उनीहरुको भनाई छ।नेपाली जनताहरु अहिलेको शासन व्यवस्था भन्दा राजा आएकै राम्रो हुने पक्षमा रहेको प्रदर्शनकारीको भनाई छ। उनीहरूले ‘राजा आउ देश बचाउ, हिन्दु राज्य कायम गर’ लगायतका नारा पनि लगाएका थिए ।