मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक बालुवाटारमा जारी

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक बालुवाटारमा जारी

काठमाडौँ मंसिर ३० । मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् । सोमबारको नियमित बैठक नबसेकाले आज बैठक सारिएको एक मन्त्रीले जानकारी दिए । तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा पुगेका प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने पनि आकलन भएका छन् । पार्टी विवादको प्रभाव संवैधानिक परिषदसम्म पुग्दा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका सापकोटा प्रधानमन्त्री अध्यक्ष रहेको परिषद बैठकमा समन्वय अभावको कारण देखाउँदै सहभागी भएनन् । समाचार खबरहब बाट