दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि 

पृथ्वीराज सुनाम मंसिर ३० दार्चुला । मंगलबार दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । आज कारोना रिर्पोट पोजेटिभ हुनेमा लेकम गाउँपालिकाका २ जना र अपिहिमाल गाउँपालिकाका १ जना रहेका छन् । लेकम गाउँपालिकामा कार्यरत एक जना कर्मचारी र शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरि ५७ जनाको स्वांब संकलन गरि परिक्षणको लागि जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पठाइएकोमा उनीहरु मध्ये २ जनाको पिसिआर रिर्पोट पोजेटिभ र ५५ जनाको पिसिआर रिर्पोट नगेभिट आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । लेकम गाउँपालिकाका २४ वर्षिय ४१ वर्षिय तथा अपि हिमाल गाउँपालिकाका ३० वर्षिय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका तीन सय १० जना मध्ये दुई सय ९८ जना कोरोना संक्रमण मुक्त भईसकेको र अहिले १२ जना मात्रै कोरोनाका संक्रिय संक्रमित रहेका छन । यो संगै दार्चुलामा हाल सम्म जम्मा कोरोना सक्रमितको संख्या ३ सय १० पुगेको  छ । यसै गरि दार्चुलामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।