सडक सुरक्षामा प्रहरीले सक्रियता बढायो, सचेतना कार्यक्रम गरियो

६ बर्ष अघि

२0७५ श्रावण १७ बिहीबार

सडक सुरक्षामा प्रहरीले सक्रियता बढायो,  सचेतना कार्यक्रम गरियो

दृष्टीकोण समाचार, साउन १७ दार्चुला । सडक सुरक्षामा दार्चुला प्रहरीले सक्रीयता देखाएको छ । जिल्लाको एकमात्र पक्की सडक महाकाली लोकमार्ग र जिल्लाका अन्य विभिन्न स्थानमा सञ्चालनमा रहेका सडकहरुमा सञ्चालन हुने सवारी साधनहरुको नियमन गर्ने उद्देश्यले विहिबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । 
जिल्ला प्रहरी कार्यालयमा भएको कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेका सवारी साधनका सवारी धनी, चालक तथा सहचालकहरुलाई सचेतना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
दार्चुलामा महाकाली लोक मार्ग बाहेक, दार्चुला तिङ्कर सडक, खलंगा खार, दल्लेख, धुलीगडा सडक, जोलजिबी सेरा सडक, गोकुलेश्वर पारिबगड सडक, धुलीगडा गोकुलेश्वर सडकमा सवारी साधन चल्ने गरेका छन् । 
बर्षातको समयमा बाटोघाँटो त्यसैपनि खतरापुर्ण हुने र त्यसमा झन सवारी साधनहरुले ओभरलोड बोक्ने, झुण्डिएर यात्रा गर्ने लगायतका ट्राफिक नियम उलंघन गर्ने गर्दा दुर्घटना हुने भन्दै सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनु भयो । 
सचेतना कार्यक्रममा रुट प्रमिट लिएर मात्र सवारी साधन चलाउने, कागजपत्र दुरुस्त राख्नु पर्ने, निर्धारित भाडादर भन्दा बढी भाडा नलिने, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्ने लगायतका निर्णयहरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।