मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

दोहा मंसिर ३० । मलेसियामा कोरोना संक्रमणबाट अर्का एक नेपाली कामदारको पनि मृत्यु भएको छ ।मलेसियाको स्ट्राइक फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत रामेछापका लक्ष्मण सुनुवारको मृत्यु भएको हो ।अढाई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका सुनार कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि त्यहाँको  सुङ्गाइबुलो अस्पताल भर्ना भएका र उपचारको क्रममा उनको  मृत्यु भएको ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाको अध्यक्ष भुपेन्द्र माबो लिम्बुले जानकारी दिए ।उनको दाहसंस्कार मलेसियामै गर्न परिवारबाट स्वीकृति प्राप्त भैसकेकाले रोजगारदाता कम्पनी र नेपाली दूतावाससंग समन्वय गरेर चाडै अन्त्यष्टि गरिने अध्यक्ष लिम्बुले बताए ।केही दिनअघि मात्र नबलपरासीका याम नारायण चौधरीको पनि मलेसियामा कोरोनाका करण मृत्यु भएको थियो ।