कैलालीमा मोटर साईकल चोरि गरेको ४ घण्टामै मोटर साईकल सहित चोर पक्राउ

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

कैलालीमा मोटर साईकल चोरि गरेको ४ घण्टामै मोटर साईकल सहित चोर पक्राउ

धनगडी मंसिर ३० । जिल्ला प्रहरी कार्यालय कैलालीले मोटर साईकल चोरि गरेको ४ घण्टामै मोटर साईकल सहित चोर पक्राउ गरेको छ । कैलालीको धनगढी उप९महानगरपालिका–१ मालपोत कार्यालय अगाडी पार्किङ गरेको से ३ प३७४ नम्बरको सुपर स्पिलिण्डर मोटर साईकल चोरी भएको थियो । कैलाली घोडाघोडी नगरपालिका –२ साँडेपानी बस्ने बर्ष १६ को अर्जुन बिष्टले उक्त मोटरसाईकल चलाई रहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट पहलमानपुर कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटर साईकल चालक बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।