दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन मार्मामा स्वस्थ्य चौकी भवनको शिलान्यास गरियो ।

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन मार्मामा स्वस्थ्य चौकी भवनको शिलान्यास गरियो ।

दृष्टिकोण समाचार मंसिर २९ दार्चुला । सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशी बडालले सोमबार स्वास्थ्य चौकी भवनको शिलान्यास गरेको छ ।  जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जरमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो । यो क्षेत्रमा स्वास्थ्य चौकी नहुँदा यहाँका स्थानीयले समस्या झेल्दै आएकोमा स्वास्थ्य चौकि बन्ने भएपछि सेवा पाउने भएका छन ।  स्वास्थ्य चौकि शिलन्यास कार्याक्रममा सुदुपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले दुर्गम ठाँउका नागरिकलाई आधारभुत सेवाहरुको पहुँत पुगाउन तिनवटै सरकारको भुमिका उतिकै रहेकाले एकपछि अर्को गरि नागरिकका समस्याहरु समाधानमा सरकार लागि परेको कुरा बताउनु भयो । सिलान्यास कार्यक्रममा  जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, र उपाध्यक्ष बागमती ठगुन्ना लगायत जनप्रतिनिधीहरु र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । मार्मा गाउँपालिका १ को घोल्जरमा निर्माण हुन लागेको  स्वास्थ्य चौकी भवन निर्माणका लागि मार्मा गाउँपालिका र प्रदेश सरकारको समपूरक बजेटमा निर्माण गरिन लागेको मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामीले जानकारी दिनु भयो ।