बेरोजगार युवालाई रोजगार दिन नौगाडमा दुई करोड बढी बजेट बिनियोजन

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

बेरोजगार युवालाई रोजगार दिन नौगाडमा दुई करोड बढी बजेट बिनियोजन

दृष्टिकोण समाचार मंसिर २९ दार्चुला ।दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा बेरोजगार संग गाउँपालिका अध्यक्ष कार्यक्रम कार्यान्वयन गरिने भएको छ । सोमबार प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिका अध्यक्ष कार्यक्रम कार्यान्वयनका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनु भयो । गाउँपालिकाका प्रत्येक वडा कार्यालयबाट सम्भाविता योजनाहरुको सूची तयार गरि सबै नागरिकलाई रोजगार दिने गरि कार्यक्रम सञ्चालन गरिने भएको छ । वडा नम्बर १ बाट १० ओटा योजना सञ्चालनको माग भएको छ ,भने वडा नम्बर २ बाट १० ओटा योजनाहरु माग गरिएको छ । त्यसैगरी वडा नम्बर ३ बाट १० ओटा, वडा नम्बर ४ बाट १४ ओटा, १० ओटा र वडा नम्बर ६ बाट  १५ ओटा योजना कार्यान्वयनका लागि माग गरिएको छ । ती योजना कार्यक्रमहरुमध्ये वडा समितिले छनौट गर्ने र कार्यान्वयन गरिने रोजगार शाखा संयोजक रबिन्द्र शाहले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक करोड २१ लाख ५० हजार, युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना ५१ लाख ७० हजार र बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत ३१ लाख ३० हजार गरी जम्मा २ करोड ४ लाख ५० हजार बजेट विनियोजन गरिएको गाँउपालिकाले जनाएको छ ।